दाङ : लुम्बिनी प्रदेश सभाले जनमत पार्टीका तर्फबाट रिक्त रहेको समानुपातिक सदस्यमा निलम पासवानलाई नियुक्त गरेको छ ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ की पासवान जनमत पार्टीका कार्यकारिणी सदस्य हुन् । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उनलाई प्रदेश सभा सदस्यमा नियुक्त गरेका हुन् ।
यसैबिच, पासवानले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन् । निर्वाचन आयोगले जनमत पार्टी नेपालको समानुपातिकतर्फको बन्द सूची–४ मा दलित क्लस्टरको १ नम्बरमा रहेकी पासवानलाई प्रदेश सभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको थियो ।
यसअघि आदिवासी जनजाति क्लस्टरका प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएपछि सो स्थान रिक्त बनेको थियो । जनमत पार्टीले क्लस्टरअनुसार नाम सिफारिस गरेपछि पासवान निर्वाचित भएकी हुन् । लुम्बिनी प्रदेशमा हाल ८७ जना प्रदेश सभा सदस्य रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार