काठमाण्डौ : नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि आज प्रतिनिधि छनोट हुँदैछन्। एमालेका संगठित ६ लाख ६७ हजार ६३० बाट झण्डै २२ सय प्रतिनिधि छनोट हुँदैछन्।
पार्टीले हिजो साँझसम्म सर्वसम्मतिमै प्रतिनिधि छान्न निर्देशन दिएको थियो। सहमतिम नभए आज मतदान गर्ने भनिएको थियो। त्यसअनुसार केही जिल्लामा मात्र सर्वसम्मतिमा नेतृत्व छानिएको र अधिकांश जिल्लामा आज मतदानमार्फत छानिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
महाधिवेशन प्रतिनिधिका लागि तोकिएको कोटाभन्दा बढी उम्मेदवार भएपछि धेरै ठाउँमा चुनावमै जानुपर्ने अवस्था आएको छ। पार्टीको संगठन विभागले केही दिनअघि ५ बुँदे निर्देशन जारी गर्दै कुनै पनि बहानामा प्रतिनिधि छनोटलाई नसार्न निर्देशन दिइसकेको छ। सबै प्रतिनिधिको नामावली पठाउन सोमबारसम्म पठाइसक्नुपर्नेछ ।
2025-11-29
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार