नेपालगञ्ज : लुम्बिनी प्रदेश सभाका दुई सांसदले राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उम्मेदवारीका लागि नेकपा माओवादीको तर्फबाट दाङको क्षेत्र नं २ को २ बाट निर्वाचित धनबहादुर मास्की र नागरिक उन्मुक्ति पार्टीका (नाउपा)बाट बर्दिया क्षेत्र नं २ को २ बाट निर्वाचित धर्मबहादुर चौधरीले राजीनामा दिएका छन् ।
मास्कीलाई नेपाली कम्युनिष्ट पार्टीले दाङ क्षेत्र नं ३ बाट उम्मेदवार बनाउने निर्णय गरेकाले चुनावमा भाग लिन प्रदेशसभा सदस्यबाट राजीनामा दिएको जानकारी दिए । यस्तै धर्मबहादुर चौधरी बर्दिया २ बाट उम्मेदवार बन्नका लागि राजिनामा दिएको बताए ।
मास्की र चौधरी लुम्बिनी प्रदेशको पूर्व मन्त्री हुन् । चौधरी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) को महासचिवसमेत नियुक्त भएका छन् ।
2026-01-19
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार