Listen LIVE

भेरी अस्पतालमा नेपाल मेडिकल काउन्सिलको मतदान जारी

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्ज र सेती प्रादेशिक अस्पताल धनगढीमा नेपाल मेडिकल काउन्सिलको मतदान जारी छ । प्राबिधिक कारण देखाउँदै काउन्सिलले यी केन्द्रमा शनिवार हुने मतदान स्थगत गरेको थियो ।

बिहान ९ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म चल्ने निर्वाचन अधिकृत समेत रहेका भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले बताए ।

अघिल्लो निर्वाचनमा भेरी मतदान केन्द्रमा २०० मत खसेको थियो । यो पटक ३ सयको हाराहारीमा मत खस्ने अनुमान गरिएको छ ।

काउन्सिलको निर्वाचन काठमाडौं बाहिर शुक्रवार ४ गते देखि सुरु भएको हो । यसका लागि २१ मतदान केन्द्र तोकिएको छ ।

काठमाडौं भित्र पुष ११ र १२ गते निर्वाचन हुँदैछ । काउन्सिलमा एक उपाध्यक्ष र आठ सदस्यका लागि निर्वाचन भएको हो ।

प्रतिक्रिया