काठमाण्डौ : इजरायली सुरक्षा बल आईडीएफको आक्रमणमा लेबनानी हिजबुल्लाह समूहका एक शीर्ष कमाण्डर मारिएका छन्। दक्षिणी लेबनानको जौइयामा रहेको नासिर युटिन मिसाइल तथा रकेट केन्द्रका कमाण्डर रहेका जाफर खादर फाउर मारिएको आईडीएफले एक्स मार्फत जानकारी दिएको छ।
आईडीएफले इजरायलमा हुने रकेट आक्रमणमा जाफर जिम्मेवार रहेको दाबी गरेको छ। उनको कमाण्डमा किबुत्ज ओरताल, मजदल शम्स र मेटुलामा आक्रमण भएको इजरायली सेनाले जनाएको छ। मजदल शम्स आक्रमणमा १२ बालबालिका र मेटुलामा पाँचजनाको मृत्यु भएको थियो।
यस्तै इजरायली सेनाले उत्तर लेबनानको बटरुन शहरबाट हिजबुल्लाहका एक वरिष्ठ नेतालाई गिरफ्तार गरेको छ। आईडीएफले बटरुनमा छापा मारेर ती वरिष्ठ नेतालाई नियन्त्रणमा लिएको जनाएको छ। यसबारे हिजबुल्लाहले कुनै प्रतिक्रिया दिएको छैन।
लेबनानी सरकारी सञ्चारमाध्यमले भने इजरायली सेनाले बटरुन क्षेत्रमा आईडीएफले छापा मारेको र एकजनाालाई नियन्त्रणमा लिई डुंगाबाट फर्किएको बताएको छ । नाम नखुलाइएका ती व्यक्ति पक्राउ परेपछि लेबनानको प्रधानमन्त्री कार्यालयले आपत्ति प्रकट गरेको छ।
प्रधानमन्त्री नजीब मिकातीको कार्यालयले यसबारे संयुक्त राष्ट्र संघमा रिपोर्ट गर्न विदेश मन्त्रालयलाई निर्देशनसमेत दिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार