Listen LIVE

मातृ मृत्यु दर रोक्न लुम्बिनीमा ‘आमा सुरक्षा अभियान’

नेपालगञ्ज : मातृ मृत्यु हुने क्रम नरोकिएपछि लुम्बिनी प्रदेश सरकारले ‘आमा सुरक्षा अभियान’ कार्यक्रम सञ्चालनको तयारी गरेको छ । आमा मृत्यु दर बढी देखिएका कपिलवस्तु, बाँके, रुपन्देही र दाङ जिल्लामा यो कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको लुम्बिनी प्रदेशकी स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले जानकारी दिइन् । 

“समग्र लुम्बिनी प्रदेशमै मातृ मृत्यु बढी छ” उनले भनिन, “त्यसमध्ये पनि बढी मृत्यु भएका चार जिल्लामा आमा सुरक्षा अभियान कार्यक्रम लैजाने योजना बनाइएको छ । अहिले हामी त्यसकै मापदण्ड बनाइरहेका छौँ ।” मातृ मृत्यु कम गरेका पालिकाहरूको अभ्यासका आधारमा मापदण्ड बनाउने काम भइरहेको उनले बताइन् । 

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै मातृ मृत्यु बाँके र कपिलवस्तु जिल्लामा रहेको छ । पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क हेर्दा लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये बाँके र कपिलवस्तुमा मातृ मृत्यु बढी देखिन्छ ।

प्रतिक्रिया