काठमाण्डौ : शुक्रवार काठमाडौँमा तीनकुनेमा भएका हिंसात्मक प्रदर्शनका कमान्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अझै पक्राउ परेका छैनन् ।
काठमाडौँ प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रसाईँको खोजी तीव्र पार्दै छन् ।
प्रसाईँले प्रदर्शनकारीलाई उक्साएर प्रहरीलाई गाडी हुर्काएर प्रदर्शनलाई हिंसात्मक बनाएका थिए । यस घटनामा दुई जनाको मृत्यु र सुरक्षाकर्मीसहित ११०जना घाइते भएका थिए । कफ्र्यु आदेश जारी गरेपछि, प्रसाईँको खोजी तीव्र भएको थियो ।
उनले मोबाइल फोन अफ गरेर भागेको जानकारी प्राप्त भएको छ । उनको अन्तिम लोकेसन गैरी गाउँ देखिएको थियो । उनीमाथि ज्यान मार्ने उद्योग, हिंसात्मक गतिविधि, आगजनी र सार्वजनिक सम्पत्ति तोडफोडको आरोप लगाइएको छ ।
2025-03-29
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार