Listen LIVE

संकटका बेला दलहरु एक हुनुपर्छ : महासचिव पोखरेल

काठमाण्डौ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक संकटका बेला राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने बताएका छन् । 

आज सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले विगतका दुई संकटपूर्ण घडीमा दलहरुको एकताका कारण नै संघीयता र जनता सार्वभौम र देशले संघीय लोकतान्त्रिक गणतन्त्र पाएको स्मरण गरेका छन् । 

महासचिव पोखरेलले २०५९ असोज १८ र २०६१ माघ १९ को प्रसंग स्मरणगर्दै त्यसबेला दलहरु विभाजित र एजेण्डामा पनि विविध अवस्थामा रहेपछि एजेण्डामा एक्तावद्ध हुँदा मुलुकको राजनीति लयमा फर्किएको उनको भनाइ छ ।  ‘असोज १८ ताका दलहरु एजेण्डामा विभाजित र अन्यौलग्रस्त भए । तर माघ १९ पछि उनीहरुले आफ्ना एजेण्डा स्पष्ट पार्दै एकताबद्ध भए’ महासचिव पोखेरेलले लेखेका छन्, ‘परिणामस्वरुप जनता सार्वभौम बने र मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरको थियो ।’

महासचिव पोखरेलले ‘इतिहासको शिक्षा’ शिर्षक दिएर लेखेको स्टाटसमा कुनै पनि आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य मुख्यतः स्पष्ट एजेण्डामा निर्भर रहने उल्लेख गरेका छन् ।

प्रतिक्रिया