काठमाण्डौ : अहिले थाइल्याण्डमा ‘मिस युनिभर्स २०२५’ जारी छ । बुधबार ‘नेसनल कस्ट्युम कम्पिटिसन’ आयोजना भयो ।
‘मिस युनिभर्स नेपाल’ सान्या अधिकारीले पनि नेपालको ‘नेसनल कस्ट्युम’ त्यहाँ प्रस्तुत गरिन् । यसवर्ष ‘मिस युनिभर्स’ मा नेपालको राष्ट्रिय पोशाक प्रसिद्ध इजरेली फेसन डिजाइनर एभियाड एरिक हर्मनले डिजाइन गरेका हुन् ।
‘मिस युनिभर्स २०२५ को लागि मेरो राष्ट्रिय पोशाक अनावरण गर्न पाउँदा गर्व लागेको छ, यो उत्कृष्ट कृति हो जसले नेपालको आत्मालाई मैले विश्वसँग बाँड्न चाहेको सन्देश बोकेको छ’ नेसनल कस्ट्युमबारे अधिकारीले भनेकी छिन् ।
‘संसारले द्वन्द्वभन्दा भाइचारा खोजिरहेको समयमा, मिस युनिभर्स नेपाल २०२५ को राष्ट्रिय पोशाक आशा र मानव एकताको काव्यात्मक अभिव्यक्तिको रूपमा देखा परेको छ’ मिस युनिभर्स नेपालले भनेको छ, ‘नेपालको सबैभन्दा शक्तिशाली राष्ट्रिय प्रतीकहरू मध्ये एक– जोडिएका दुई हातबाट प्रेरित भएर परम्परागत रूपमा लैङ्गिक समानताको प्रतीक रहेको यो इशारालाई शान्तिको विश्वव्यापी प्रतीकको रूपमा पुनः व्याख्या गरिएको छ ।’
शुक्रबार ग्राण्ड फिनाले आयोजना हुँदैछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार