Listen LIVE

थाइल्यान्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको मृत्यु

एजेन्सी : थाइल्यान्डमा निर्माणकार्यमा प्रयोग गरिएको एउटा क्रेन गुडिरहेको रेलमाथि खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ। 

यो दुर्घटना राजधानी ब्याङ्ककबाट पूर्वमा अवस्थित नाकोन राचसीमा प्रान्तमा बुधवार बिहान ९ बजेतिर भएको हो। 

उद्धारकर्मीहरूले रेलको भग्नावशेषबाट शवहरू निकाल्ने काम अझै गरिरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ। 

उक्त रेलमा १९५ यात्रु र कर्मचारी सवार रहेको थाइल्यान्डको रेल्वे विभागले जनाएको छ।

प्रतिक्रिया