नेपालगञ्ज : नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकालले बाँके क्षेत्र नं.१ का अधुरा विकास योजनाहरू पूरा गर्ने दृढ प्रतिबद्धतासहित आफू उम्मेदवारका रूपमा जनतामाझ दोहरिएको बताएका छन् ।
उनले बाँके क्षेत्र नं. १ का नागरिकको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पु¥याउने स्पष्ट उद्देश्यका साथ अघि बढेको उल्लेख गर्दै जनताको सेवा नै आफ्नो पहिलो कर्तव्य भएको वताएका छन् । बाँके क्षेत्र नं. १ अन्तरगत कोहलपुर नगरपालिकाका विभिन्न वडामा घरदैलोका क्रममा यस क्षेत्रका पुर्व संघिय सांसद रहेका ढकालले यस्तो वताएका हुन ।
‘तपाईँहरूको बिचमा उपस्थित भएको छु,बाँके १ मा हामीले सुरु गरेको अधुरा विकासका योजनाहरू पूरा गर्ने दृढ प्रतिबद्धता, यहाँको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पु¥याउने स्पष्ट उद्देश्य, र जनताको सेवा नै मेरो पहिलो कर्तव्य भन्ने सङ्कल्पसहित म अगाडि बढेको छु, यो क्षेत्रको विकास, युवाको भविष्य, किसानको हित, रोजगारीका अवसर, सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधारको सुदृढीकरण यी सबै मेरो प्राथमिकतामा रहनेछन्, उनले भने’।
‘केन्द्रिय सदस्य ढकालका अनुसार क्षेत्रको विकास, युवाको भविष्य, किसानको हित, रोजगारीका अवसर सिर्जना, सडक, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार सुदृढीकरण आफ्ना प्रमुख प्राथमिकतामा रहनेछन् । ‘म वाचा मात्र होइन, काम गरेर देखाउने अठोटका साथ आएको छु,’ उनले भने ।
उनले जनताको साथ, विश्वास र अमूल्य मत नै आफ्नो शक्ति भएको उल्लेख गर्दै समृद्ध बाँके निर्माणका लागि हातेमालो गर्न आग्रह गरे । साथै उनले सूर्य चिन्हमा मतदान गरी सहयोग गरिदिन मतदातालाई अनुरोध गरेका छन् ।
‘तपाईँहरूको साथ, विश्वास र अमूल्य मत नै मेरो शक्ति हो, आउनुहोस्, समृद्ध बाँके १ निर्माणको यात्रामा हातेमालो गरौँ, सूर्य चिन्हमा मतदान गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु,’ मतदातासँग उनको अनुरोध छ ।
ढकालले घरदैलोकै क्रममा बाँके १ को बफर क्षेत्रमा दिनानुदिन जंगलि जनावरको आतंक यथावत रहेकाले मान्छे मार्ने बाघ पालेर जनतालाई सास्ति दिईनु किमार्थ सहि नभएको वताउँदै राज्यको निती परिवर्तन गर्दै जनतालाई सुरक्षित राख्नु आफनो मुल एजेण्डा भएको उल्लेख गरे ।
विकासका धेरै कामहरु अपुरा छन ती कामहरु सम्पन्न गर्न म प्रतिबद्ध छु । चाहे कोहलपुर घुईयावारी सडक होस चाहे खल्ला झगडियाको समस्या होस यी सबै काम सम्पन्न गर्ने जिम्मेवारी मैले लिएको छु यी अपुरा काम सम्पन्न गर्न पनि मेरो उम्मेदवारी हो ढकालले भने ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार