नेपालगञ्ज।
आज बिहान बुद्ध एयरको पहिलो उडानमार्फत नेपालगञ्ज आईपुगेका देउवालाई विमानस्थलमा
नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।
आज बिहान नेपालगन्ज विमानस्थलमा अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै सभापति देउवाले संसदमा सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका हुन् । साथै उनले काग्रेसले जनताका मुद्दालाई केन्द्रमा राखेर काम गर्ने पनि स्पष्ट पारे।

उनले
पार्टी सङ्गठन मजबुत बनाउन गाउँ-गाउँमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन
दिए। सभापति देउवाले सङ्गठन निर्माण, विस्तार र सुदृढीकरणमा लाग्न निर्देशन दिए। उनले
काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जनअपेक्षा अनुरुप काम गर्न आग्रह गर्दै
सुशासन र समृद्धि हासिल गर्ने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिए।
सभापति
देउवासँगै कांग्रेस सह–महामन्त्री महालक्षी उपाध्याय, केन्द्रिय सदस्य दीपक
गिरी, कृष्ण किशोर घिमिरे र गोविन्दबहादुर शाह तथा
स्वर्गीय नेता खड्काका पुत्र एवम प्रदेश सांसद अनुराग खड्का लगायत नेता छन्।
सभापति
देउवा नेपालगञ्ज विमानस्थलबाट सिधै दाङको अमिलिया प्रस्थान गरेका छन्। सभापति
देउवा नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको दाङ अमिलिया चोकस्थित
पूर्ण कदको शालिक अनावरणका लागि नेपालगन्ज पुगेका हुन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार