Listen LIVE

‘मुस्लिम समुदायका लागि शिक्षामा समान अवसर सुनिश्चित’

नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको सरकारी सेवामा प्रवेशका लागि प्रदेश सरकारले अवसर सुनिश्चित गरेको बताएका छन् । 

नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको सातौँ राष्ट्रिय महाधिवेशनको उदघाटन कार्यक्रमलाई शनिबार बाँकेमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले उपलब्ध अवसरहरूको सदुपयोगमा ध्यान दिन आग्रह गरे । 

प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐनमा मुस्लिम समुदायको ७ प्रतिशत आरक्षण सुनिश्चित गरेको उल्लेख गर्दै उनले ती अवसरहरूको पूर्ण सदुपयोगका लागि अपिल गरे ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले मदरसा शिक्षामा सुधार ल्याउनका लागि लगानी गरेको र महिलाहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिएको जानकारी दिँदै अझै पनि छोरीहरूले पढाइमा समान अवसर नपाउनु चिन्ताको विषय भएको बताए । 

लुम्बिनी प्रदेशमा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषणको दर उच्च रहेको र यी समस्या मुस्लिम तथा पिछडिएको समुदायमा बढी देखिएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सुधारका लागि सरकारले थालनी गरेका अभियानहरूमा सहभागिताका लागि आह्वान गरे ।

प्रतिक्रिया