काठमाण्डौ : जापानमा जारी २०औँ एसियन गेम्सको महिला कबड्डीमा नेपालले कास्य पदकमा चित्त बुझाउने भएको छ । सेमिफाइनलमा भारतसँग पराजित भएपछि नेपालको स्वर्ण यात्रामा पूर्णविराम लागेको हो ।
तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनल खेलमा नेपाल भारतसँग ४८–२४ अंकले पराजित भयो । भारतले पहिलो हाफमै ३१–१७ को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि भारतले १७–७ को अन्तर निकाल्दै सहज जित दर्ता ग¥यो ।
नेपाल अघिल्लो अर्थात् १९औँ एसियन गेम्समा पनि भारतसँगै सेमिफाइनलमा पराजित भएको थियो । त्यतिबेला नेपालले कास्य पदक प्राप्त गरेको थियो ।
यसपटक समूह चरणमा नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग हार बेहोरेको थियो । समूहको अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनल पुगेको थियो ।
जारी एसियन गेम्समा यो नेपालको दोस्रो पदक हो । यसअघि पुरुष करातेको ८४ केजी तौल समूहको कुमितेमा तेन्जिङ शेर्पाले कास्य पदक जितिसकेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार