काठमाण्डौ : कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार तितेकरेलाको भाउ महँगिएको छ । अघिल्लो दिनको तुलनामा यो ९१ प्रतिशत महँगिएको हो । तितेकरेला अधिकतम प्रतिकिलो ९० रुपैयाँ पुगेको छ ।
भिण्डी, रायो साग, स्कुस, च्याउ पनि महँगिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिनको तुलनामा कन्य च्याउको भाउ ११ प्रतिशत बढेर अधिकतम २०० रुपैयाँ पुगेको छ । त्यस्तै डल्ले च्याउ प्रतिकिलो ४ सय रुपैयाँ पुगेको छ ।
कालीमाटी बजारमा ठूलो नेपाली गोलभेँडा अधिकतम प्रतिकिलो १२० रुपैयाँ छ भने सानो गोलभेँडा ५० रुपैयाँ छ । घिउ सिमी १५०, तने बोडी १००, लौका ६०, भिण्डी १००, कुरिलो २५०, परवर ६०, घिरौंला ८०, लाम्चो भन्टा ७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिले जनाएको छ । प्याज ९५ तथा रातो आलु प्रतिकिलो ६८ रुपैयाँमा कारोबार भएको छ ।
2024-07-10