नेपालगञ्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष धान खरिदको कोटा आधा घटाएर पठाउँदा बाँकेमा धान खरिद सुरु हुन सकेको छैन ।
गत वर्ष बाँकेमा २० हजार क्विन्टल धान खरिद गरेको कम्पनीले यस वर्ष १० हजार क्विन्टल मात्रै कोटा निर्धारण गरेर पठाएकाले किसानले यसमा आपत्ति जनाएपछि धान खरिद सुरु हुन सकेको छैन । कम्पनीको नेपालगञ्ज कार्यालयका प्रमुख रामशरण लामिछानेका अनुसार कोटा बढाउन किसानले माग गर्न गालेपछि खरिद प्रक्रिया सुरु भएको छैन ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको प्राथमिक खरिद समितिको बैठकले कम सीमाबाट धान खरिद सुरु गर्दा समस्या हुने जनाएपछि अहिलेलाई काम सुरु नभएको लामिछानेले जानकारी दिए ।
सरकारले कोटा आधा घटाएर पठाएपछि धान खरिद सुरु गर्न माग गर्दै आएका जिल्लाका अधिकांश किसान निराश बनेका छन् ।
2026-11-08
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार