काठमाण्डौ : अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन्।
पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेपछि उनी औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेदवार बनेकी हुन्। उनले दिउँसो २ हजार ३५० डेमोक्र्याटिक डेलिगेट्सको समर्थन प्राप्त गरिन्।
ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन्। उनले डेमोक्र्याटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको प्रतिक्रयाा दिइन्।
राष्ट्रपति जो बाइडेनले आफूलाई राष्ट्रपतिको दौडबाट टाढा राख्दै ह्यारिसलाई राष्ट्रपतिको लागि समर्थन गरेपछि ह्यारिसले भर्चुअल रोल कलमा कुनै विरोधको सामना गर्नु परेन।
नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्न सके उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार