नेपालगञ्ज : नेकपा एमालेका तत्कालिन महासचिव स्व. मदन भण्डारीको ७४ औं जन्म जयन्तीका अवसरमा नेपालगञ्जमा वृक्षारोपण गरिएको छ।
मदन भण्डारी फाउन्डेसनले जिल्ला पार्टी कार्यालय परिसर र एमालेको भातृ संगठन उद्योग व्यवसायी संघले नेपालगञ्ज भन्सारको खाली जमिनमा वृक्षारोपण गरेका हुन्।
फाउन्डेसनको अगुवाईमा पार्टी कार्यालय परिसरमा श्रीखण्ड, कपुर, जामुन, निम, अमला, गुलमोहोर, सितलचिनीका सय बढी बिरुवा रोपिएको हो।
वृक्षरोपण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज शान्ति ढकाल, पशुपतिदयाल मिश्र, जिल्ला अध्यक्ष निरक गुरुङ, फाउन्डेसन का अध्यक्ष पदम धिताललगायतको सहभागिता रहेको थियो। उद्योग व्यवसायी संघको अगुवाईमा भन्सारमा फलफूल तथा विभिन्न जातका बिरुवाहरु रोपिएको छ।
2025-06-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार