Listen LIVE

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाण्डौ : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ।

केही दिनदेखि जारी बैठक पार्टी कार्यालय आलोकनगरमा सुरु भएको हो। बैठकले अध्यक्ष माधवकुमार नेपाललक्षित नेतृ रामकुमारी झाँक्रीले दिएको अभिव्यक्ति र कारबाहीबारे निर्णय हुनसक्ने बुझिएको छ।

आजको बैठकले झाँक्रीलाई सचेत गराउने, निलम्बन वा निष्कासन के गर्ने भन्नेबारे कुनै एक निर्णय लिने बुझिएको छ । आइतबारको बैठकमा सबै नेताले झाँक्रीबारे धारणा राख्ने क्रम सकिएको थियो । तर, झाँक्रीले अहिलेसम्म आफ्ना अभिव्यक्तिमाथि आन्तरिक वा सार्वजनिकरूपमा माफी मागेकी छैनन्। 

उनले असार १४ गते बुटवलमा आयोजित युवा संघको प्रदेश भेलालाई सम्बोधन गर्दै पार्टीको मूल नेतृत्वमै समस्या आएको भन्दै अर्ली महाधिवेशन गरेर अर्को नेतृत्व चयन गर्नुपर्ने धारणा राख्दै ‘मरेको सिनो’लाई धेरै बोक्न नसकिने अभिव्यक्ति दिएकी थिइन्।

प्रतिक्रिया