Listen LIVE

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि आज मतदान

काठमाण्डौ : एमालेको ११ औं महाधिवेशअन्तर्गत आज मतदान हुँदै छ । दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदानको कार्यतालिका छ ।

महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गरिने भएको छ । महाधिवेशनमा १०० वटा मेसिन ल्याइए पनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।

सुब्बाका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् ।

एमाले नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा सोमबार ओली र पोखरेलसहित नेताहरूले विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रतिक्रिया