नेपालगञ्ज : लुम्बिनी प्रदेशकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् ।
जनमत पार्टीबाट निर्वाचित लुम्बिनी प्रदेश सभाकी समानुपातिक सांसद गुरुङले जनताको करबाट पाउने पारिश्रमिक तलब लिएर जनताको काम गर्न नसकेको भन्दै सांसद पदबाट राजीनामा दिएकी हुन् ।
गुरुङले लुम्बिनी प्रदेश सभाका सभामुखलाई पत्र लेख्दै राजीनामा दिएकी हुन् । उनले सभामुखलाई लेखेको पत्रमा भनिएको छ, ’हाल देशको परिस्थितिबारे श्रीमानलाई अवगत नै होला, तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरी बसेका मेरा स्वाभिमानी जनता आमाबुवा, दाजुभाई, दिदीबहिनी लगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई अभास भइरहेको छ ।’
जनमत पार्टीकी गुरुङले जनताको समस्या बुझेको उल्लेख गर्दै जनता भन्दामाथि कोही नहुने बताएकी हुन् ।
2025-05-13
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार