Listen LIVE

सुनको भाउ एकैदिन तोलामा ७ हजार ९ सय रुपैयाँले घट्यो

नेपालगञ्ज : सुनको भाउ एकैदिन तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको छ ।  सोमबार तोलाको २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार २ लाख ६२ हजार १ सय पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार रेकर्ड बनाइरहेको चाँदीको भाउ पनि मंगलबार घटेको छ ।

सोमबारको तुलनामा मंगलबार चाँदीको भाउ ३ सय ५ रुपैयाँले घटेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला ४ हजार ५ सय ९० तोकिएको छ ।

प्रतिक्रिया