Listen LIVE

डोल्पामा ४ म्याग्निच्युडको भूकम्प

डोल्पा : डोल्पा जिल्लाको कान्जिरोबा आसपास क्षेत्रमा आइतबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार २०८२ साल वैशाख १४ गते बिहान ३ बजेर ६ मिनेटमा सो क्षेत्रमा ४.० को  म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि शुक्रबार ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पको तीव्रता ४.१  म्याग्निच्युडको थियो ।

प्रतिक्रिया