बर्दिया : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाउँगाउँमा सिंहदरबार पुग्नुभन्दा पनि जनतालाई ती सिंहदरबारले के कस्तो सेवा दिइरहेका छन् भन्ने महत्वपूर्ण भएको बताएका छन् । उनले गाउँगाउँमा आएका सिंहदरबारबाट जनताले सेवा पाइरहेको विश्वास व्यक्त गरेका छन् ।
बर्दियाको राजापुर नगरपालिका वडा ६ को वडा कार्यालय भवन उदघाटन गर्दै पूर्व प्रधामन्त्री एवं अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले संविधान निर्माणको क्रममा जनताको घर दैलोमा सेवा पाउन् भनेर धेरै नै मिहिनेत र अभ्यास गर्नु परेको बताए । देश संघियतामा गइसकेपछि जनताले घरदैलोमा सेवा सुविधा पाएको बताए ।
स्थानीय सरकारहरु गठन भएर सिंहदरबार सबैतिर आएकोमा आफूलाई गर्व लागेको बताए । “नगरपालिकाका र वडाका प्रशासकिय भवन बन्नु जनतालाई दिइने सेवा सुविधाको लागि राम्रो कुरा हो । हामीले त्यो भवनबाट जनतालाई सेवा दिन कति सक्यौ कति सकेनौ भन्ने कुरा महत्वपुर्ण छ,“ उनले भने ।
अहिले जनताका विकासका आकांक्षाहरु पुरा गर्ने, रोजगारी पुरा गर्ने र सेवा प्रवाह गर्ने कामलाई प्रभावकारी बनाउनु पर्ने बताए ।
अध्यक्ष प्रचण्ड लगायतको नेकपा माओवादी केन्द्रको टोली हुलाकी सडक केन्द्रित तराई मधेश जागरण अभियानको क्रममा बर्दियाको राजापुर आईपुगेको छ । राजापुर नगरपालिकामा वडा कार्यालय उदघाटन, कभर्डहल उदघाटन, खुल्ला व्यामशाला उदघाटन, शहिद तथा बेपत्ता परिवारसँग भेटघाट र जागरण सभा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार