Listen LIVE

१२ करोडले घट्यो बाँकेस्थित लर्ड बुद्धको व्यापार

नेपालगञ्ज : बिरामीको संख्या घट्दा र स्वास्थ्य बीमा कार्यक्रम स्थगित हुँदा नेपालगञ्ज मेडिकल कलेज र नर्सिङ क्याम्पस सञ्चालन गर्ने लर्ड बुद्ध एजुकेसनल एकेडेमीको व्यापार १२ करोड ३० लाख रुपैयाँले घटेको छ ।

सन् २०२१–०२२ मा १ अर्ब ५२ करोड रुपैयाँको व्यापार गरेको लर्ड बुद्धले २०२२–०२३ मा १ अर्ब ४० करोड रुपैयाँ मात्रै गर्न सफल भयो । त्यसअघि २०२०–००२१ मा १ अर्ब ५१ करोड रुपैयाँको व्यापार कम्पनीले गरेको थियो ।

काठमाडौं विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धन पाएको लर्ड बुद्धले कोहलपुर र नेपालगन्जमा गरी दुईवटा शिक्षण अस्पताल सञ्चालन गरिरहेको छ । कोहलपुरको ७५० शैय्या र नेपालगन्जको २५० शय्या क्षमताको छ । तर, अहिले ७०० शय्या सञ्चालन गरिरहेको छ ।

कम्पनीले ६ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि केयर रेटिङ्स नेपालबाट एनपी डबल बी माइनस पाएको छ भने ९४ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पुनः पुष्टि गराएको छ ।

प्रतिक्रिया