Listen LIVE

नेपालगञ्जमा आजदेखि व्याडमिन्टन प्रतियोगिता हुँदै

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा पुर्ब खेलाडी समाज बाँकेको आयोजनामा शुक्रबारदेखि ब्याडमिन्टन प्रतियोगिताको शुभारम्भ गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा उदघाटन गरिएको खेलमा पूर्व खेलाडीहरु, पूर्व खेलाडी समाज बाँकेका पदाधिकारीहरु, सशस्त्र प्रहरीका डिएसपी, खेलाडीहरु लगायतको सहभागिता रहेको थियो ।

उपमहानगर प्रमुख बिष्टले उद्घाटन सत्रको शुभकामना मन्तब्य दिंदै पूर्व खेलाडीहरु जस मार्फत देश विदेशमा देशको नाम चिनाउन सफल भएको हुँदा ती पूर्व खेलाडीहरुलाई आउने समयमा उपमहानगरमार्फत सम्मान गर्न सके अझ राम्रो हुने बताउँदै सहभागी खेलाडीहरुलाई सफलताको शुभकामना दिएका थिए ।

आजबाट शुरु गरिएको व्याडमिन्टन खेल प्रतियोगितामा करीब १ सय १६ बढी खेलाडीहरुले नामावली दर्ता गरिएको ब्याडमिन्टन खेलाडी अनिल लाखेले जानकारी गराएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा अण्डर–१५ ब्वाईज सिंगल र मेन्स डबल बी लेबल ब्याडमिन्टन प्रतियोगिता तथा १६ देखि १८ गतेसम्म हुने बिधालय स्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिताको आजदेखि शुभारम्भ भएको आयोजकद्वारा जानकारी गराईएको थियो ।

नेपालगञ्ज रंगशालास्थित कबर्ड हलमा आजदेखि शुरु भएको ब्याडमिन्टन प्रतियोगिताको समापन शनिबार साँझ ४ बजे हुने जानकारी गराउँदै जेष्ठ १६ देखि १८ गते भलिबल प्रतियोगिताको उदघाटन गरिने बताईएको थियो । ब्याड्मिन्टनमा ३ लाख पचास हजार तथा भलिबल खेलमा ४ लाख पचास हजार गरि करिब ८ लाख रुपैया खर्च लाग्ने अनुमानित बजेट रहेको बताउँदै ब्याडमिन्टन अण्डर–१५ मा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः १० हजार, ५ हजार र दुई हजार पाँच सय तथा मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने बताईएको छ ।

त्यस्तै भलिबलमा महिला तथा पुरुष तर्फ प्रथम, द्वितीय र तृतीय हुने टीमलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार रहने जानकारी गराए । पुरस्कार राशीमा सरकारी नियम अनुसार कर कट्टी गरिने जानकारी गराउँदै बिजयी खेलाडीहरुलाई नगद पुरस्कारका साथै प्रमाणपत्र, पदक, कप र ट्रफीसमेत प्रदान गरिने बताए ।

प्रतिक्रिया