नेपालगञ्ज : आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेना सिंह दिल्लीको मुख्यमन्त्री बन्ने भएकी छन् ।
केजरीवाल जेलमा हुँदा आतिशीले सरकारको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनी अहिले शिक्षा लगायतका महत्वपूर्ण विभागहरु सम्हाल्दै आएकी छिन् ।
केजरीवाल १३ सेप्टेम्बरमा तिहाड जेलबाट रिहा भएका थिए ।
उनी मदिरा काण्डको आरोपमा जेलमा थिए । त्यसपछि आइतबार कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका थिए । केजरीवालले दिल्लीका उपराज्यपाल वीके सक्सेनालाई भेटेर राजीनामा बुझाउनेछन् ।
2024-09-17
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार