Listen LIVE

राष्ट्रिय सभा सचिवमा कँडेल नियुक्त

काठमाण्डौ : राष्ट्रिय सभाको सचिवमा तुलाबहादुर कँडेल नियुक्त भएका  छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई सचिवमा नियुक्त गरेका हुन् ।

अधिवक्ता कँडेल राष्ट्रिय सभाको सचिवमा पाँच वर्षका लागि नियुक्त भएका हुन् । राष्ट्रिय सभा सचिवबाट सुरेन्द्र अर्यालले राजीनामा दिएपछि रिक्त पदमा कँडेललाई नियुक्त गरिएको हो । उनको शपथ मंगलबार नै हुने राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया