Listen LIVE

प्रतिस्पर्धाको मैदानमा तीन पूर्वप्रधानमन्त्री

काठमाण्डौ : नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि देशको कार्यकारी नेतृत्व सम्हालेका तीन जना शीर्ष नेता प्रतिनिधि सभा निर्वाचनमा तीन भिन्न निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका छन् । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कम्युनिस्ट पृष्ठभूमिका तीन पूर्वप्रधानमन्त्रीले उम्मेदवारी दिएर प्रचारप्रसारमा होमिएका हुन् । 

संविधान सभाबाट विसं २०६५ जेठ १५ गते २४० वर्षदेखिको राजतन्त्रात्मक शासनव्यवस्थाको अन्त्य गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेयता निरन्तर देशको कार्यकारी र पार्टी नेतृत्वमा बसेका केही नेता फागुन २१ को निर्वाचनमा प्रतिस्पर्धी छैनन् । विघटित प्रतिनिधि सभाको पहिलो दल नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी मनोनयन दर्ताअघि माघ ६ गते सचिवालयमार्फत प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए । 

पूर्वप्रधानमन्त्रीमध्ये नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कम्युनिस्ट पार्टीकै सहसंयोजक माधवकुमार नेपाल प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धामा छन् । तर नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल निर्वाचनमा उम्मेदवार बनेनन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गरे पनि फिर्ता लिएका छन् ।

प्रतिक्रिया