काठमाण्डौ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १६०० ले बढेको छ ।
आज सुन तोलामा एक लाख ४२ हजार ८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि शुक्रबार सुनको मूल्य १ लाख ४१ हजार २०० रुपैयाँमै कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
2024-06-16
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार