Listen LIVE

मेयर आचार्य र प्रजिअ रिजालको जुहारिप्रति नागरिक उन्मुक्तिको चासो

नेपालगञ्ज : विगत तीन चार दिनदेखि कोहलपुरका मेयर पुर्ण प्रसाद आचार्य र बाँकेका तत्कालिन प्रमुख जिल्ला अधिकारीविच भएको घटनाक्रमलाई लिएर नागरिक उन्मुक्ति पार्टी जिल्ला कार्यसमिति बाँकेले चासो ब्यक्त गरेको छ ।

माध्यमिक शिक्षा तह परीक्षा एसईई नजिकिँदै गर्दा बाँके जिल्लामा परीक्षा सञ्चालन र केन्द्र व्यवस्थापन सम्बन्धमा कोहलपुर नगरपालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारीबीच देखिएको आरोप प्रत्यारोप, दोषारोपण तथा अमर्यादित टिका टिप्पणीप्रति नागरिक उन्मुक्ति बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टी जिल्ला कार्यसमिति बाँकेका सचिव भुम बहादुर भण्डारीद्धारा जारि बिज्ञप्तिमा सबैभन्दा दुःखद पक्ष भनेको शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने पेसागत संघसंस्थाहरूको यस विषयमा देखिएको मौनता हो भन्दै झण्डै तीन दिनसम्म जनताद्वारा निर्वाचित जनप्रतिनिधि र राज्यका प्रशासनिक निकायका प्रशासकहरू अनैतिक र अमर्यादित सन्देश प्रवाह गर्दै वकालत,स्पष्टीकरण दोषारोपणमा मात्रै संलग्न हुनु, जनतालाई भ्रमित तुल्याउने कार्य गर्नु तथा सत्यतथ्य अझै सार्वजनिक नगर्नु गम्भीर विषय हो भनिएको छ ।

बिज्ञप्तिमा अगाडि भनिएको छ यसरी सार्वजनिक पदमा बसेका जिम्मेवार व्यक्तिहरूले विवादास्पद गतिविधिहरूमा संलग्न भएको देखिनु, पारदर्शिता कायम नगर्नु, सौदाबाजी र चलखेलको संकेत दिनुले शिक्षा क्षेत्रमा बिकृती मात्रै नभई चलखेल भ्रष्टाचार अनियमितता छ भन्ने पुष्टि भएको छ जुन कार्य अत्यन्त निन्दनीय छ ।

यस घटनाले समग्र शिक्षा प्रणालीको विश्वसनीयता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ हजारौं बिध्यार्थिको भविष्य अभिभावकको लगानीमा खेलवाड कार्यको घोर आपत्ती ब्यक्त गर्दछौ ।यस किसिमका निन्दनीय अमर्यादित कार्यमा संलग्नको पहिचान गरि कडा कारबाहीको लागि नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं नागरिक उन्मुक्तिको विज्ञप्तिमा अगाडि उल्लेख गरिएको छ ।

सामाजिक सञ्जालमा देखिएका घटनाक्रमलाई लिएर सम्वन्धित निकायसंग नागरिक उन्मुक्ति पार्टिले चार सुत्रिय माग राखेको छ । उस्ले यस घटनाको तत्काल निष्पक्ष र विस्तृत छानबिन गरिनुपर्ने, संलग्न व्यक्तिहरूलाई छानबिनको दायरामा ल्याइ कानूनी प्रक्रिया अघि बढाईनुपर्ने ।

आगामी दिनमा यस्ता अमर्यादित र अनैतिक क्रियाकलापहरू दोहोरिन नदिन आवश्यक कदम चालिनुपर्ने र शिक्षाका पेसागत संघसंस्थाहरूले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गरी सत्यतथ्य सार्वजनिक गर्न दवाव सिर्जना गरिनुपर्ने जस्ता मागहरु जारि बिज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया