बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका ८ टिटिहिरियामा शनिबार सुकुम्बासी समस्या समाधानका बारेमा विशेष छलफल गरिएको छ । आयोग बाँकेका सदस्य केशवकुमार शाहको उपस्थितिमा बैजनाथ गाउँपालिका–८ मा विशेष छलफल कार्यक्रम गरिएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायाको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बैजनाथ–८ का जनप्रतिनिधि, सामाजिक अगुवा नेपाली काँग्रेस बैजनाथ सभापति देवबहादुर केसी, गगनबहादुर खत्री रिजाल, नागरिक उन्मुक्ति पार्टी बाँके जिल्ला अध्यक्ष चन्तराम थारु, पवनकुमार थारु लगायत सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा साविकका वडा नं. १, २, ३, ५, ८ र ९ भित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका नागरिकहरूको पहिचान, व्यवस्थापन र अधिकार प्रत्यायोजनका विषयमा गम्भीर छलफल गरिएको थियो ।
विगतमा आयोगले थालेका तर अधुरा र अपूरा रहेका कामहरूलाई प्रक्रिया पुर्याएर तत्काल अगाडि बढाउने निर्णय गरिएको छ । छलफलका सहभागीहरूले सबै सरोकारवाला निकायहरूसँग समन्वय, सहकार्य र सहयोग गर्दै कुनै पनि राजनीतिक हस्तक्षेपबिनानै यो कार्य जनताको हकहितमा अघि बढाउनु पर्नेमा जोड दिएका छन् ।
बैजनाथ गाउँपालिका–८ भित्रका भूमिहीन तथा सुकुम्बासी समुदायको जीवनस्तर उकास्न र उनीहरूको आवास तथा भूमिसम्बन्धी अधिकार सुनिश्चित गर्न गरिएका यस्ता पहलहरूप्रति स्थानियवासीहरूले पनि आशा व्यक्त गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार