दाङ : लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना शुरू भएको छ । दाङको घोराही–१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो ।
मतगणना सम्पन्न पश्चात् कर्मचारी मिलन केन्द्रकै हलमा मतगणना सुरू भएको मुख्य निर्वाचन अधिकृत पण्डितले जानकारी दिए ।
उनका अनुसार दुई सय ९९ मत मध्ये कुल २८६ मत खसेको थियो । प्रदेश सभाको ८३ सदस्य मध्ये महिला ३० र पुरुष ४८ गरी जम्मा ७८ मत खसेको उनले बताए । त्यस्तै, स्थानीय तहका प्रमुख तथा उपप्रमुखतर्फ महिला ८५ र पुरुष १२३ गरी जम्मा २०८ मत खसेका छन् ।
तीन सिटका लागि आठ जना उम्मेदवारी दिएका छन् । निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले तालमेल गरेर उम्मेदवार उठाएका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट तीन जना र राष्ट्रिय जनमोर्चाबाट दुई जना उम्मेदवार रहेका छन् ।
कांग्रेस–एमाले गठबन्धनको तर्फबाट कांग्रेसका अन्य कोटामा गुल्मी निवासी चन्द्रबहादुर केसी, अपाङ्ग–अल्पसङ्ख्यक कोटामा दाङ निवासी बासुदेव घिमिरे र महिला कोटामा एमाले नेतृ रामकुमारी झाँक्री उम्मेदवार छन् ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट अन्य कोटामा नवलपरासी पश्चिम निवासी बृहस्पति अधिकारी, महिला कोटामा पाल्पा निवासी दुर्गाकुमारी भण्डारी, र अपाङ्गरअल्पसङ्ख्यक कोटामा बाँके निवासी सर्जन विक उम्मेदवार छन् । यस्तै, राष्ट्रिय जनमोर्चाबाट अन्य कोटामा प्युठान निवासी बोमबहादुर खत्री र महिला कोटामा प्युठानकै पद्मा पण्डित उम्मेदवार रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार