Listen LIVE

बुद्धका शिक्षाको महत्त्व बढ्दै गएको छ : प्रधानमन्त्री

रूपन्देही : प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको शान्तिका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताएका छन् ।

लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार लुम्बिनीमा भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्त्व बढ्दै गएको जानकारी दिए । 

साथै उनले बुद्धको शान्तिका विचारहरूलाई संसारभर अघि बढाउने बला आएको बताए ।

प्रधानमन्त्री ओलीले संसारमा खतरनाक किसिमका हतियार निर्माण भएको छ, युद्धबाट युद्धले शान्तिको सम्भावना हुँदैन त्यसैले आजको सबैभन्दा बढी आवश्यकता शान्ति भएका कारण बुद्धका शिक्षाहरूको महत्त्व झन् बढ्दै गएको बताए ।

उनका अनुसार संसारमा एकातर्फ अशान्ति मच्चिरहेको बेला अर्काे तर्फ नेपालको अगुवाइमा गौतमबुद्धका महत्त्वपूर्ण विचारहरू शान्ति, मानवता र करुणा विस्तार भइरहेको छ ।

प्रतिक्रिया