नेपालगञ्ज : चालु आर्थिक बर्ष २०८०/८१ को लागि नेपालगञ्ज उपहानगरपालिकाले १९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । आर्थिक बर्षको १० महिनामा बैशाख मसान्तसम्म लक्ष्यको १७ करोड राजस्व संकलन गरिसकेको छ । अभै २ महिना जेष्ठ र असारमा राजस्व संकलन गर्दा लक्ष्य बराबर राजस्व संकलन हुने नेपालगञ्ज उपहानगरपालिकाका राजस्व शाख प्रमुख बिर बहादुर थापा मगरले बताए ।
गत आर्थिक बर्ष ०७९/८० मा पनि नेपालगञ्ज उपहानगरपालिकाले लक्ष्य भन्दा २ करोड बढी राजस्व संकलन गरेको थियो । १७ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएको उपमहानगरपालिकाले १९ करोड राजस्व संकलन गरेको थियो ।
नेपालगञ्ज उपहानगरपालिकाले सम्पत्ति कर, मालपोत कर, व्यवसाय कर, बिज्ञापन कर, घर बहाल कर, मनोराञ्जन कर, कवारी कर, ताल तलैयाको ठेक्का, पार्किङ्ग शुल्क लगायत्को क्षेत्रबाट राजस्व संकलन गर्दै आएको छ । जसमध्ये सबै भन्दा बढी सम्पत्ति कर, घर नक्सा पास लगायत्को क्षेत्रबाट राजस्व संकलन हुने गरेको राजस्व शाखाले जनाएको छ ।
नेपालगञ्ज उपहानगरपालिकाले राजस्व बृद्धि गर्नका लागि संकलन गर्ने प्रक्रियालाई व्यवस्थित गर्दै लगेको छ । बिगतमा राजस्व संकलन गर्ने अभिलेख फाइल सिस्टमबाट राख्ने गरेको थियो भने, अहिले सबै काम डाटा बेशबाट हुने गरेको शाख प्रमुख थापा मगरले जानकारी दिए । उनले भने, “सेवाग्राहीहरुको सहजताका लागि हामीले कर बुझाउने प्रक्रियालाई सहज बनाउदै लगेका छौ, बिगतमा व्यवसाय दर्ता गर्नका लागि टोक लगाउने, दर्ता गर्ने, राजस्वा शाखले टिप्पणी उठाउने लगायतको प्रक्रिया पुरा गर्दा २÷३ दिन सम्म लाग्ने गर्दथ्यो भने , अहिले सबै काम राजस्व शाखाबाट नै हुने गरेकाले व्यवसायिहरुलाई सहज भएको छ ।” अझ सेवाग्राहीहरुको सहजताका लागि त सम्पत्ति कर वडा कार्यालयबाट नै संकलन गर्ने गरिएको छ ।
नेपालगञ्ज उपहानगरपालिकाले करदाताहरुलाई मर्का नपरोस भनेर करको दर यथावत् राख्ने जनाएको छ । अगामी दिनमा राजस्व बृद्धि गर्नका लागि करको दायरा बढाएर राजस्व बृद्धि गर्ने योजनामा छ । जसका कारण राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने उपमहानगरपालिकाले आपेक्षा गरेको छ ।
नेपालगञ्ज उपहानगरपालिकामा बजार क्षेत्र भएको पालिका हो । यहाँ उद्योग कलकारखाना तथा व्यवासायबाट राजस्व उठाउने प्रयाप्त मात्रमा स्रोतहरु छन् । उपहानगरपालिकाले उद्योग, व्यवसाय, घर नक्सा, घर बहाल कर, तालतलैयाको सञ्चालन, पार्किङ्ग शुल्क, मनोराञ्जन तथा बिज्ञापन करबाट प्रयाप्त मात्रमा कर उठाउन सकिने ठुलो सम्भावना छ । यसलाई मध्ये नजर गरेर उपहानगरपालिकाले कर सम्बन्धि सचेतनाका लागि बजार अनुगमनमा तिब्रता दिने योजना छ ।
चालु आर्थिक बर्षमा केही महिना अगाडी नेपालगन्ज उपहानगरपालिकाले करिब एक हप्ता बजार अनुगनगर्दा नबिकरण नगरेका तथा कर नतिरेका व्यवसायिबाट करिब २४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । राजस्व शाखा प्रमुख बिर बहादुर थापा मगरका अनुसार नेपालगन्जको ठुला होटल, क्यासिनो, स्पा लगायत्का क्षेत्रमा अनुगमन गर्दा छोटो समयमा राम्रो राजस्व संकलन भएको उनले बताए । उनले भने, “तर अहिले पनि व्यवासायिहरुमा कर सम्बन्धि सचेतना छैन, व्यवसायिहरुलाई अनुगमन मार्पmत नै प्रभावकारी रुपमा सचेतना दिन सकिने भएकाले व्यवसायबाट आपेक्षित रुपमा राजस्व संकलन गर्न सकिन्छ ।” आउने आर्थिक बर्षमा राजस्व बृद्धि गर्नका लागि अनुगमनमा नै बढि जोड दिएर अगाडी बढ्ने योजना रहेको उनले बताए ।
नेपालगञ्ज उपहानगरपालिका भित्र १० बजार बढी पसल व्यवसायिहरु रहेको नेपालगञ्ज उद्योग बाणिज्य संघमा दर्ता रहेकाछन् । तर नेपालगञ्ज उपमहानगरपालिकामा करिब ४ हजारको संख्यामा मात्रै दर्ता रहेका छन् । जसबाट पनि उपहानगरपालिकाले प्रयाप्त मात्रमा राजस्व संकलन गर्न नसकेको जनाएको छ । अगामी दिनमा राजस्व संकलन गर्न नीति अनुसार निरन्तर बजार अनुगन गरेर ती व्यवासायिहरुलाई करको दायरामा ल्याउने राजस्वा शाखाले जनाएको छ ।
नेपालगञ्ज उपहानगरपालिकाले नगर भित्र पर्ने सबै क्षेत्रबाट व्यवस्थित रुपमा राजस्व संकलन गर्न सके लक्ष्यको करिब दोब्बर करिब ४० करोड राजस्व संकलन गर्न सकिने राजस्व शाखा प्रमुख बिर बहादुर थापा मगरको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार