Listen LIVE

कोहलपुरका १ सय बढि युवा एमालेमा प्रबेश

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका भित्र छरिएर रहेका १ सय बढि जेन्जि युवाहरु नेकपा एमालेमा समाहित भएका छन । उनीहरुले वर्तमान कठपुतली सरकारले जेन्जिका मागहरु सम्वोधन गर्न नसकेको, जेन्जि आन्दोलनका बेला घटेको हिंसात्मक घटनाको निश्पक्ष छाविन गरि प्रतिवेदन सार्वजनिक नगरेको बरु उल्टै जेन्जि आन्दोलनलाई हाईज्याक गरि अहिले चुनावमा होमीएकाहरुको संरक्षण र संर्बद्धन गरिरहेको गम्भिर आरोप लगाउदै जेन्जि युवाको माग नेकपा एमालले मात्र गर्ने भन्दै नेकपा एमालेमा प्रबेश गरेका हुन ।

आईतवार कोहलपुरस्थित पार्टि कार्यालयमा नेकपा एमालेका जिल्ला सदस्य उमेशजंग शाहिको पहलमा ती युवाहरु नेकपा एमाले प्रबेश गरेका हुन । नव प्रबेशीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके क्षेत्र नं. १ का उम्मेदवार सुुर्य ढकाल, निर्वाचन परिचालन कमिटिका संयोजक बसन्ति अधिकारी , प्रदेश सल्लाहकार सदस्य नरेन्द्र शर्मा, जिल्ला कमिटि उप सचिव निर्मला सुनार, जिल्ला सदस्यहरु कुस्माखर बस्याल, केशव शाहि, उमेश शाहि, सुरेन्द्र बहादुर थापा, कल्पना अधिकारी, नगर अध्यक्ष कुल बहादुर भट्टराई, लगाएतले अविर खादामाला लगाई एमाले प्रबेश गराएका हुन ।

यसरी प्रबेश गर्नेहरु जेन्जी युवाहरुमा मोहित थापा, सौरभ मल्ल, अनुज विष्ट, ईशान्त श्रेष्ठ, सिजन शाहि, एलेक्स घले लगाएतका जेन्जि युवाहरु रहेका छन । उनीहरुले यस अघि एजेण्डा विहिन पार्टिको प्रचार प्रसार गर्दै आएको भएपनि युवाहरुलाई प्रयोग मात्र गर्ने गरेको भन्दै एमाले प्रबेश गरेको वताएका छन ।

नव प्रबेशिहरुले पार्टि प्रबेश लगत्तै पार्टिप्रति ईमान्दारपुर्वक निष्ठावान भई कार्यगर्ने प्रतिबद्धता जनाएका छन । नव प्रबेशि जेन्जिहरुले नेकपा एमाले जिन्दावाद, भोट के मा सुुर्यमा जस्ता नारा समेत लगाउदै सुुर्य ढकालको प्रचार प्रसारमा सक्रिएतापुर्वक लाग्ने वताएका छन । उनीहरु आजैवाट गाउँ समुुदायमा गएर चुुपचाप घण्टि छाप भन्नेहरुको भण्डाफोर अभियान चलाउने जनाएका छन् ।

प्रतिक्रिया