दाङ : सत्तारुढ दलका नेता एवम् नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि दुई शक्ति एक ठाउँमा आएको बताएका छन् । प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले देश स्थायित्व समृद्धि र विकासका लागि एमाले–कांग्रेस मिलेर सरकार बनाउनु परेको स्पष्ट पारे ।
कांग्रेससँग मिलेर एमालेको नेतृत्व सरकार बनेपछि ठप्प भएको देशको विकासको काम अगाडि बढेको बताउनुभयो । यो सरकार आएपछि प्रशासनिक, आर्थिक सुधार र विकासको काम तीव्रता पाएको उनले दाबी गरे ।
यसैबिच उनले एमाले–कांग्रेसको गठबन्धनको सरकार २०८४ सम्म निरन्तरता पाउने महासचिव पोखरेल स्पष्ट पारे । ‘‘कसैले भन्दैमा एमाले–कांग्रेसको सरकार ढल्दैन, ०८४ सम्म निरन्तरता पाउँछ,’’ पोखरेल भने, ‘‘एमाले– कांग्रेसको नेतृत्वमा आलोपालो सरकार चल्छ ।’’ एमाले–कांग्रेसबिच सरकार गठन र सञ्चालनका लागि भएको सात बुँदे मुलमर्मको आधारमा अहिलेको सरकार चलिरहेको उनको भनाइ थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार