Listen LIVE

इजरायली सेनाद्वारा वेस्ट बैंकमा ४ प्यालेस्टाइनीको हत्या

काठमाण्डै : उत्तरी वेस्ट बैंकको जेनिन र तुबास शहरहरूमा इजरायली बमबारी र गोलीबारीमा चार प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दुई प्यालेस्टाइनीको शव जेनिन सरकारी अस्पतालमा लगिएको थियो। स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार  इजरायली सेनाले काबातियामा आक्रमण गरेको, पूर्वाधारमा बुलडोज गरेको र त्यहाँका बासिन्दाहरूको सम्पती नष्ट गरेको छ।

प्यालेस्टिनी विद्रोही र इजरायली सेनाबीच गोली हानाहानको आवाज सुनिएको स्रोतले जनाएको छ। इजरायली सेनाले आफ्नो ड्रोनले काबातिया नजिकैको सशस्त्र सेललाई निशाना बनाएको बताएको छ। अहिलेसम्म इजरायली सेनाले टुबासमा भएको आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन। वेस्ट बैंकले अक्टोबर ७, २०२३ देखि हिंसाको वृद्धि भएको जनाएको छ। जसबाट इजरायली बन्दुक र गोलाबारीबाट ७६० प्यालेस्टाइनीको मृत्यु भएके बताएको छ ।

प्रतिक्रिया