नेपालगञ्ज : पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार धनगढी जाँदै छन् । धनगढीमा हुने नेपाली कांग्रेसको प्रदेशस्तरीय प्रथम सम्मेलनलाई उदघाटन गर्नका लागि उनी धनगढी जान लागेका हुन् ।
सभापति देउवा बिहान ९ बजे धनगढी विमानस्थलमा अवतरण गर्ने नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए ।
उनले सभापतिको स्वागतका लागि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरुलाई बिहान ९ बजे विमानस्थल पुग्न आग्रह गरेका छन् ।
2025-03-09
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार