काठमाण्डौ : सत्तारूढ नेकपा एमालेमा सांसद रघुजी पन्तले ज्येष्ठ नागरिकहरुलाई राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने व्यवस्था हटाउन सरकारसँग माग गरेका छन्।
ज्येष्ठ नागरिकहरुले राष्ट्रिय परिचय पत्र लिनका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्था देशभर भएकाले यस्तो व्यवस्था हटाउनका लागि गृह मन्त्रालयले आवश्यक व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद पन्तले ज्येष्ठ नागरिकहरुलाई परेको मर्कालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए।
उनले भने, ‘यो राष्ट्रिय परिचय पत्र मेरो विचारमा ७० वर्षभन्दा माथिलाई राष्ट्रिय परिचय पत्र लिइराख्नुपर्छ भनेर जोड दिइराख्नुपर्छ भन्ने लाग्दैन। त्यसैले जनतालाई परेको यो मर्कालाई सामान्य नठानौँ। यसलाई गृह मन्त्रालयले तुरुन्त एउटा सर्कुलर पठाएर हटाउने काम गरोस्।’
सांसद पन्तले मुलुकको राष्ट्रियताप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई सुदृढ बनाउने काममा पनि सबै राजनीतिक दलहरु एकताबद्ध भएर अघि बढनुपर्ने बताए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार