नेपालगञ्ज : जेन्जी आन्दोलनको क्रममा गत भदौ २४ गते आगजनी र तोडफोड गरी क्षतिग्रस्त नेकपा (एमाले) बाँके जिल्ला कार्यालय भवन पुनर्निर्माण गरिएको छ ।
एमाले बाँके जिल्ला कमिटी बाँकेका उपाध्यक्ष तथा भवन पुनर्निर्माण समितिका संयोजक रत्न खत्रीले पार्टी कार्यकर्ता र शुभेच्छुकको सहयोगमा क्षतिग्रस्त भवन पुनर्निर्माण गरिएको जानकारी दिए ।
उपाध्यक्ष खत्रीले भने, “अबको २–३ दिनमा सबै निर्माण कार्य पूरा गर्नेगरी हाल अन्तिम चरणको काम भइरहेको छ ।” दुई दशकअघि तत्कालीन भेरी अञ्चल पार्टी कार्यालयको रूपमा निर्माण गरिएको दुई तले भवन जेन्जी आन्दोलनमा आगजनी र तोडफोड गरी सम्पूर्णरूपमा क्षतिग्रस्त गराइएको हो ।
एमाले बाँकेले प्राविधिक मल्याङ्कनपछि कार्यालय भवन प्रयोग गर्न मिल्ने भएपछि १५ लाख ५१ हजार रुपैयाँको लागत स्टिमेट तयार गरी भवन पुनर्निर्माण सुरु गरेको जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिए ।
पार्टी कमिटी र कार्यकर्ताको सहयोगमा काम सुरु भएको एक महिनामै पुनर्निर्माण सम्पन्न हुने चरणमा पुगेको गुरुङले जानकारी दिए । भवन निर्माणका लागि पार्टी कार्यकर्ता र शुभेच्छुकबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको एमाले बाँकेले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार