नेपालगन्ज : नेपालगन्ज जुत्ता चप्पल व्यावसायि संघले असार 29 गते आर्थिक बर्ष 2081 देखि लागू हुने GS vat प्रणालीको बारेमा फुटवेयर ब्यबसायीको विद्यमान कठिनाइ र समाधानका लागि हाम्रो भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम समपन्न गरेको छ।
उक्त कार्यक्रम फुटवेयर ब्यबसायी संघको आयोजनामा विभिन्न बस्तुगत क्षेत्रका ब्यबसायिको उल्लेखनीय सहभागिता रहेको थियो ! कार्यक्रमको अध्यक्षता फुटवेयर संघका अध्यक्ष कविराम जैसी प्रमुख अथिती नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामी बिशिस्ट अथिती उद्योग बाणिज्य संघका उपमहासचिव टेक बहादुर खडका अर्थ बिद डा. दत्त मिश्र र कानुनी क्षेत्रका ब्यक्ती बिश्वजित तिवारिको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष धामिले अर्थतन्त्रको मेरुदण्ड ब्यापार ब्यबासाय क्षेत्रका विद्यमान चुनौतीको समाधान गर्न र ब्यापारि हक हितका लागि सधै आफू कटिबद्ध भएर लाग्ने र आफ्ना छाता संघ संगठनलाई नया आर्थिक नीति 2081 को बारेमा यसरी खुल्ला अन्तर क्रियाले निकै प्रभावकारी भुमिका निर्बाह गर्ने र नया आर्थिक नितिले ब्यापारीमा जटिलता उत्पन्न भएको र त्यसको समाधानका लागि आफू सधै तयार रहेको बताएका थिए।
यस्तै विद्यमान चुनौतिका बिषय औल्याउँदै जुत्ता चप्पल व्यावसायि संघका अध्यक्ष कविराम जैसिले वर्तमान देशको युवा पलायन अस्थिर सरकार भनसारमा हुने चोरी पैठारी कालोबजारी र भ्रष्टचार र विश्व महामारी कोभिड यता ब्यापर क्षेत्र धरासयी बनेको र यसलाइ माथी उकास्न राज्य संयन्त्र सबैले निकै नै साहस गर्नु पर्ने र दृढ आत्माबलका साथ अगाडि बढन र विश्व आमूल परिवर्तनमा र समय अनुसार परिवर्तन भएर जानु पर्ने राज्य संयन्त्रले समय अनुकुल परिवर्तन हुनु पर्ने भएकोले नया vc ts system का बारेमा सबैलाई जानकारी दिए ।
त्यस्तै बिशिस्ट अथिती अर्थबिद डा दत्त मिश्रले विश्व पुजी बजारमा नया नया परिवर्तन सग जानू पर्ने र मुख्य गरि अहिलेको विद्यमान चुनौती भनेको युवा पलायनलाई रोकेर व्यापार क्षेत्र उद्योग कलकारखानामा राज्यको लगानी र कलकारखाना निर्माण गर्नु पर्ने र सामन किसिमको बितरण आयत भन्दा निर्यातमा जोड दिनु पर्ने र नेपाली फुटवेयरलाइ विश्व बजारमा निर्यात गर्न आवश्यक रहेको बताउनु भयो। कार्यक्रममा करिव 80-85 जना फुटवेयर ब्यबासायिको उपस्थिति रहेको अध्यक्ष जैसी ले बताएका छन ।
2024-07-13
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार