Listen LIVE

महिलाको चरित्र हत्या गरेको आरोपमा जयसवाल पक्राउ

नेपालगञ्ज : सामाजिक सञ्जालमार्फत विदेशी महिलासँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको अवस्थामा खिचिएका व्यक्तिगत तस्बिरहरू उनका आफन्त तथा परिवारजनको सामाजिक सञ्जालमा पठाएर चरित्र हत्या गरेको आरोपमा बाँकेका एक युवक पक्राउ परेका छन्।

साइबर ब्यूरोका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१ बस्ने २३ वर्षीय प्रशान्त जयसवाललाई जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा पक्राउ गरिएको हो।

ब्यूरोले गरेको प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा जयसवालले विदेशी महिलासँग सामाजिक सञ्जालमार्फत चिनजान भई साथी तथा प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका तस्बिरहरू पीडित महिलाका आफन्त तथा परिवारजनलाई सामाजिक सञ्जालमार्फत पठाएको खुलेको जनाएको छ।

पक्राउ परेका जयसवालमाथि विद्युतीय -इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ।

प्रतिक्रिया