काठमाण्डौ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले फेरि खरानीको थुप्रोबाट उठ्ने र निर्णायक शक्ति बन्ने दृढता व्यक्त गरेका छन्। उनले नयाँ वर्ष २०८३ लाई पार्टीको 'पुनर्जागरण र पुनर्गठन वर्ष' को रूपमा मनाउने घोषणा गरेका हुन्।
निर्वाचनको धक्कापछि निराश बनेका कार्यकर्ताहरूलाई ऊर्जा भर्दै महासचिव पोखरेलले २०६४ सालमा एमाले सकियो भन्नेहरूले २०७० मा एमालेको पुनरागमन भएको स्मरण गराए। पार्टी सत्तामुखी र केन्द्रमुखी हुँदा जनतासँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गर्दै अब …मिसन ग्रासरुटÚ मार्फत जनताको घरदैलोमा पुग्ने बताए।
पोखरेलले भने, …२०६४ सालमा एमाले सकियो भन्नेहरूले २०७० मा एमालेको पुनरागमन देखेका थिए, इतिहास फेरि दोहोरिनेछ। हामी यो निराशालाई संकल्पमा बदल्नेछौँ, संकल्पलाई आशामा बदल्नेछौँ। ८२ को पीडालाई ८३ को सफलताले धोइपखाली गर्नेछौँ।Ú
पोखरेलले एमालेलाई समृद्ध नेपालको आकांक्षा पूरा गर्ने एक मात्र भरपर्दो शक्तिको रूपमा पुनस्र्थापित गर्ने संकल्प गरे।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार