सुर्खेत : कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने चार जना मन्त्रीले सोमवार मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका छन । केन्द्रको सत्ता समीकरण परिवर्तन भएको हप्ता दिनपछि मन्त्रीहरुले राजीनामा बुझाएका हुन् ।
उनीहरु वैशाख १८ गते प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका थिए । सामाजिक विकास मन्त्री विरबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग बहादुर रावत र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री रणसिंह परियारले राजीनामा दिएका हुन् ।
राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ता दिएको छ । माओवादीले समर्थन फिर्तासँगै अब मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनुपर्नेछ ।
2024-07-22
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार