काठमाण्डौ : टर्कीको राजधानी अंकारा नजिक रहेको एक विमान कम्पनीको मुख्यालयमा बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
टर्कीका आन्तरिक मन्त्री अली यरलिकायाका अनुसार एक महिला र एक पुरुष आक्रमणकारीले गोली चलाएका थिए। उनीहरु दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आक्रमणमा कुर्द विद्रोही समूहको संलग्नता रहेको आशंका गरिएको छ। सार्वजनिक भएका भिडियोहरुमा दुई आक्रमणकारीले टर्कीको एयरोस्पेस इडस्ट्रिजको प्रवेशद्वार नजिक गोली चलाएको देखिएको छ। गोली प्रहारबाट मृत्यु हुनेमा चार जना उक्त कम्पनीका कर्मचारी र एक जना ट्याक्सी चालक छन्।
त्यहाँको रक्षा मन्त्रालयका अनुसार गएराति अबेर कुर्द समूहको पकड रहेको उत्तरी इराक र उत्तरी सीरियाका विभिन्न क्षेत्रमा टर्किस सेनाले हवाई आक्रमण गरेको छ।
2024-10-24
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार