एजेन्सी : इरानको विदेश मन्त्रालयले अमेरिकाले युद्धविराम सम्झौता तोडेको आरोप लगाएको छ। इरानले अमेरिकाले तनाव कम गर्नुको सट्टा आफ्नो सैन्य गतिविधिमार्फत सम्पूर्ण क्षेत्रको सुरक्षालाई जोखिममा पारिरहेको भन्दै आलोचना गरेको हो।
विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा जारी गरेको वक्तव्यमा अमेरिकाले इरानको सिरिक क्षेत्र तथा केश्म द्वीपमा रहेका तटीय रडार र निगरानी केन्द्रहरूलाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ। मन्त्रालयका अनुसार यस्तो कदम युद्धविरामको स्पष्ट उल्लंघन भएको उसको भनाइ छ।
इरानले ती आक्रमणपछि उत्पन्न हुने कुनै पनि परिस्थिति र त्यसका परिणामहरूको पूर्ण जिम्मेवारी अमेरिकाले नै वहन गर्नुपर्ने चेतावनी दिएको छ।
2026-06-07
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार