Listen LIVE

दुई ठुला दल मिल्दा आत्मविश्वास बढेको छ : गृहमन्त्री लेखक

कैलाली : नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमाले दुई ठुला प्रतिस्पर्धी दलको गठबन्धनले आत्मविश्वास बढेको बताएका छन् ।  नेपाली कांग्रेस कैलालीले अयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले यस्तो बताएका हुन् ।

दुई ठुला दल मिल्दा राजनीतिक र जनतामा आत्मविश्वास बढेको बताए । उनले भने, “दुई ठुला दलहरु एक आपसमा प्रतिस्पर्धी दलहरु हुन् । हामीबिच  प्रतिस्पर्धा पनि छ, सहमति पनि छ । हामी सहमतिका साथ अघि बढ्दा जनतामा आत्माविश्वास बढेको छ ।” 

मन्त्री लेखकले दुई दलबिचको गठबन्धन बन्दा देशमा परिर्वनको थालनी भएको बताए । उनले भने, “दुई दलको सरकार बने लगत्तै अर्थतन्त्र चलायमान भएको छ, १८ वर्षदेखि रोकिएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पास भएको छ । शान्ति प्रक्रियाका लागि रोकिएका बाँकी काम अघि बढेका छन् । जसको विदेशी शक्तिहरुले प्रशंसा गरेका छन् ।“

कैलाली जिल्लाको समग्र शान्तिसुरक्षा, सीमा नाकालाई व्यवस्थित तथा सुदृढीकरणका लागि आवश्यक पहल गरिने उनले बताए । सीमा क्षेत्रमा जाँचका क्रममा प्रहरी प्रशासनबाट ज्यादती बढेको स्थानीयले गुनासो गरेपछि सो को नियन्त्रणका लागि समेत निर्देशन दिने उनले बताए ।

गृहमन्त्री लेखकलाई नेपाली कांग्रेस कैलालीका जिल्ला सचिव नृप सुनारले समग्र जिल्लाको वस्तुस्थितिका बारेमा अवगत गराएका थिए ।

प्रतिक्रिया