Listen LIVE

अल्जेरियामा राष्ट्रपतिको निर्वाचन

काठमाण्डौ : अल्जेरियालीहरूले नयाँ राष्ट्रपति चयन गर्न शनिबार मतदान गरेका छन्। देशका २ करोड ३० लाखभन्दा बढी नागरिकहरू मतदान गर्न योग्य छन्। स्थानीय समयअनुसार बिहान ८ बजेदेख मतदान सुरु भएको थियो। दुर्गम क्षेत्रहरूका लागि मोबाइल मतदान केन्द्रहरू गत बुधवारदेखि सञ्चालनमा छन्।

विदेशी मतदान सोमबारबाट सुरु भएको थियो।  विदेशमा बस्नेको संख्या ८ लाख छ। निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र प्राधिकरणले मतदान प्रक्रियाको निरीक्षण गर्दछ। राष्ट्रपतिको दौडमा तीन जना उम्मेदवारहरू सामेल छन्।

वर्तमान ७८ वर्षीय राष्ट्रपति अब्देलमजिद टेब्बौने व्यापक समर्थनको साथ स्वतन्त्र उम्मेद्वारको रूपमा दोस्रो कार्यकालका लागि उम्मेदवार छन्। ५७ वर्षका अब्देलाली हसनी चेरिफ, ४१ वर्षका मुभमेन्ट अफ सोसाइटी फर पिसका प्रमुख युसेफ आउचिचे पनि उम्मेदवार छन्।

प्रतिक्रिया