काठमाण्डौ : इजरायलको संसदले करिब आठ दशक पुरानो संयुक्त राष्ट्र संघीय एजेन्सी यूएनआरडब्ल्युएलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
यसले प्यालेस्टाइनी शरणार्थीहरूका लागि अत्यावश्यक सेवा प्रदान गर्दै आएको थियो। यो निर्णयले इजरायली नियन्त्रणमा रहेका क्षेत्रहरूमा बसोबास गर्ने लाखौं प्यालेस्टइनीहरूमा गम्भीर असर पार्न सक्ने अनुमान गरिएको छ। इजरायली संसदले यूएनआरडब्ल्युएलाई इजरायलमा गतिविधि सञ्चालन गर्न प्रतिबन्ध लगाएको छ भने इजरायली अधिकारीहरूलाई यूएनआरडब्ल्युए संग सम्पर्क गर्न रोक लगाएको छ।
यस निर्णयले १९६७ को सन्धि खारेज गरेको छ, जसले यूएनआरडब्ल्युएलाई इजरायली नियन्त्रणमा रहेका क्षेत्रहरूमा शरणार्थीलाई सेवा प्रदान गर्न अनुमति दिएको थियो। यूएनआरडब्ल्युएका कमिश्नर जनरल फिलिप लाजारिनीले यो कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै आलोचना गरे।
यस निर्णयले शिक्षा, स्वास्थ्य, खाद्यान्न र आजीविकामा निर्भर लाखौं प्यालेस्टाइनीकोजीवनमा असर पर्ने आशंका गरिएको छ। इजरायको यो निर्णको विभिन्न देशरुले विरोध गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार